कम्युनिस्ट पार्टीले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्ति हाँक्न सक्ने कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादी मात्र रहेको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै नेता खनालले अन्य पार्टीहरू नामका मात्रै कम्युनिस्ट पार्टी रहेको बताए ।
‘जति पनि कम्युनिस्ट पार्टी छन् ती कम्युनिस्ट पार्टीहरू नामका कम्युनिस्ट पार्टी भए पनि समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न सकेका छैनन् । त्यस्तो पार्टी बनाउने जिम्मा आज हाम्रो पार्टीको काँधमा आएको छ’, नेता खनालको भनाइ छ । नेता खनालले परिषद् बैठकमा एउटै एजेन्डामा मात्र छलफल भएको र विधान कसरी परिष्कृत गर्ने भन्नेबारेमा छलफल भएको भन्दै उनले अझै पार्टी विधानमा धेरै कुरा सच्चाउनुपर्ने रहेको बताए ।
विधानको पहिलो वाक्य पढ्दै खनालले भने, ‘नेपाल कम्युनिस्ट पार्टी आम नेपाली जनता तथा श्रमजीवी सर्वहारा वर्गको हित र प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो ।’ उनले नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको पार्टी हुनुपर्ने भन्दै सबैको प्रतिनिधित्व गर्ने पार्टी हुन नसक्ने बताए । ‘सबै वर्गको प्रतिनिधित्व गर्ने पार्टी हुँदैन । तर कम्युनिस्ट पार्टीले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ । त्यसैले विधानमा सच्याउनुपर्ने धेरै कुरा छन्’, उनले विधानमा रहेको अर्को वाक्यांश पढ्दै ‘लोकतान्त्रिक मूल्य मान्यतासहितको समाजवाद भनेको के हो ?’ भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’