सरकार सञ्चालन गर्नेहरुले नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्छः उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेकाहरुले नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
सोमवार नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमणपछि उनले नेपालको संविधानले नै राज्यशत्तिको मुल श्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने बताए । उपप्रधानमन्त्री खड्काले राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि काम गर्नु नहुने बताए ।
राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिक भन्दा ठूलो अरू कोही पनि नभएको बताए । हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक–फरक भएपनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने स्पष्ट पारे । उपप्रधानमन्त्री खड्काले सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहनुभएका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिए ।
निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा सहितका अधिकारीहरू सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
-
गृहमा सुधनको पुनरागमन, हाइप्रोफाइल पक्राउको आक्रामक शृङ्खलामा अदालतको ‘ब्रेक’
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण