अभिनेत्री एमी ज्याक्सनले अभिनेता वेस्टविकसँग गरिन् इन्गेजमेन्ट
मुम्बई । ‘एक दिवाना था’ र ‘सिंह इज ब्लिंग’ अभिनय गरेकी अभिनेत्री एमी ज्याक्सनले इन्गेजमेन्ट गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले इन्गेजमेन्टको जानकारी दिएकी हुन् ।
ज्याक्सनले एक पोष्ट शेयर गरेकी छन् । जसमा उनका प्रेमी अङ्ग्रेजी अभिनेता एड वेस्टविकले स्वीजरल्याण्डको पहाडमा उनलाई प्रपोज गरेको देख्न सकिन्छ । ज्याक्सनले फोटो शेयर गर्दै भनेकी छन्– ‘एस ।’
एमी र एड विगत केही समयदेखि एक अर्काेसँग डेट गरिरहेका छन् । यस अगाडि एमी जार्ज पानायियोटौसँगको सम्बन्धमा थिइन् । जार्जले ज्याक्सनको २०१९ मा प्रपोज गरेका थिए । दुवैको एक छोरा पनि छ । त्यसपछि उनी जार्जसँग अलग भइन् । त्यसपछि ज्याक्सनले २०२२ मा डेट गर्न सुरु गरिन् ।
कामको कुरो गर्ने हो भने एडले कयौँ अङ्ग्रेजी फिल्ममा काम गरेका छन् । जसमा ‘गसिप गर्ल’ र ‘रोमियो और जुलियट’ निकै महत्त्वपूर्ण मानिएको छ । एड अभिनेताको अलवा एक म्युजिशियन पनि हुन् ।
ज्याक्सनको आउने फिल्म ‘क्रैक’ हो । यो फिल्ममा उनी विद्यत जामवाल, नोरा फतेही र अर्जुन रामपाल जस्ता कलाकारको साथ देखिनेछिन् । ज्याक्सनले २०१२ मा फिल्म ‘एक दिवाना था’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण