४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा
मङ्गलबार, १६ माघ २०८०, १२ : ५९
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले साढे ४२ लाख मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको खुद्रा समान पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।
प्रहरीले ट्रकबाट ४० लाख ४४ हजार ७२७ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको उल्लेख गरेको छ । यसैगरी प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण