आशिकी ३ मा तृप्ति डिमरीको कास्टिङबारे कार्तिक आर्यनले के भने ?
नयाँ दिल्ली । अभिनेता कार्तिक आर्यन पछिल्लो समय आफ्नो आगामी स्पोट्र्स ड्रामा फिल्म ‘चन्दु च्याम्पियन’ लाई लिएर चर्चामा छन् । कार्तिकले बलिउडमा कमेडी, रोमान्स, ड्रामा, एक्सन र थ्रिलर जस्ता विभिन्न विधामा आफ्नो खुबी देखाइसकेका छन् ।
अभिनेता ‘आशिकी ३’मा हिस्सा बन्दैछन् । यो फिल्ममा उनले रोमान्सको तड्का लगाउने निश्चित छ । फिल्ममा हिरोइन को हुनेछिन् भनेर अहिलेसम्म फाइनल भइसकेको छैन । ‘आशिकी ३’ मा रणबीर कपुरका एनिमलबाट चर्चामा आएकी तृप्ती डिमरीलाई लिन थालिएको अफवा चलिरहेको छ । यसैबिच आर्यनले फिल्ममा तृप्तिको कास्टिङबारे मुख खोलेका छन् ।
आशिकी ३ मा होला त तृप्ति डिमरी कास्टिङ ?
हालै एक अन्तर्वार्तामा कार्तिक आर्यनले आफ्ना आगामी प्रोजेक्टबारे कुरा गरेका थिए । ‘चन्दु च्याम्पियन’को रिलिजप्रति उनी निकै उत्सुक देखिएका छन् । अन्तरवार्तामा उनलाई फिल्ममा तृप्ति डिमरीको अनुबन्धनबारे सोधिएको थियो । यस प्रश्नको उत्तरमा उनले भनेका थिए, ‘उनले एनिमलमा धेरै राम्रो अभिनय गरेकी थिइन्, जसका कारण उनलाई नेशनल क्रसको ट्याग पनि दिइएको थियो । मैले उनलाई बुलबुलमा पनि हरेको छुँ । हरेक खालको भूमिकामा उनी निकै सुन्दर ढंगले प्रस्तुत हुन्छिन् । मलाई लाग्छ हामी राम्रो अन–स्क्रिन जोडी बनाउन सक्छौँ ।’
तृप्तिसँगको आफ्नो जोडी फ्यानहरुका लागि समेत नौलो हुने र यो जोडी राम्रो देखिनेमा कार्तिक ढुक्क छन् । तर फिल्ममा कास्टिङ र अन्य बाँकी चिजबारे अनुराग सरलाई नै निर्णय गर्नु दिनु भन्लै अहिले नै केही भन्नु हतार हुने बताएका छन् । आशिकी ३ बारे सोधिएको प्रश्नमा तृप्तिले हालै यस्तो फिल्ममा कसले चाहिँ काम गर्न नचाहला र भनेर भनेकी थिइन् । मेकरहरुले फिल्ममा तृप्तिको अनुबन्धनबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण