सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सूर्यासँग सम्बन्धविच्छेदको हल्लामा ज्योतिकाको पूर्णविराम

मङ्गलबार, १६ माघ २०८०, १७ : २०
मङ्गलबार, १६ माघ २०८०

मुम्बई । केही समययता साउथ सिनेमाको चर्चित जोडी सूर्या र ज्योतिकाको जोडी अलग हुने खबर बाहिर आएको थियो । तर, अहिले यो खबरमा ज्योतिकाले मौनता तोड्दै श्रीमान् सूर्यासँग डिभोर्स नलिई कामका लागि मुम्बई गएको बताएकी छन् । 

ज्योतिका चाँडै अजय देवगन र आर माधवन स्टारर फिल्म ‘शैतान’ मा देखिनेछिन् । यो फिल्म मार्च ८ मा रिलिज हुँदैछ ।

ज्योतिकाले हालै साउथको सुपरहिट फिल्म ‘कैथल’ मा काम गरेकी थिइन् । ज्योतिकाले एक अन्तर्वार्तामा विवाहपछि फिल्मी करियरबाट ब्रेक लिएको बताइन् । तर अहिले उनी आफ्नो ब्रेक तोडेर फिल्म क्षेत्रमा फर्किँदै छिन् । यस्तो अवस्थामा उनलाई विभिन्न भाषामा धेरै अफर आइरहेको छ ।

आफ्नो काम र बालबालिकाको पढाइबिच सन्तुलन कायम राख्न ज्योतिकाले मुम्बई सर्ने निर्णय गरिन्। यसरी उनीहरूले आफ्ना छोराछोरीको पढाइमा ध्यान दिन र करियरलाई निरन्तरता दिन सक्नेछन् । काम सकिएपछि उनी चेन्नई फर्कनेछिन् ।

ज्योतिकाले केही समयअघि पति सूर्याको बारेमा पनि कुरा गरेकी थिइन् । उनले सूर्यालाई महान् दृष्टि भएको व्यक्तिको रूपमा वर्णन गरिन्।

ज्योतिकाले गत वर्ष फिल्म ‘कैथल’ बाट मलयालम इन्डस्ट्रीमा कमब्याक गरेकी थिइन् । यो फिल्मलाई दर्शक र समीक्षकले पनि निकै रुचाएका थिए । ‘शैतान’ बाहेक ज्योतिका ‘श्री’ र ‘डब्बा कार्टेल’ जस्ता हिन्दी प्रोजेक्टमा देखिनेछिन् । जहाँ उनीसँग फिल्म ‘श्री’ मा राजकुमार राव हुनेछन् । ‘डब्बा कार्टेल’ वेब सिरिजमा ज्योतिका, शबाना आजमी र गजराज राव देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप