आँचलको स्वास्थ्य टिप्समा प्रतिक्रियाको ओइरो

काठमाडौँ । अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोबाट फिल्ममा भित्रिएकी हुन् । दर्शकले उनलाई दुबैमा रुचाएका छन् । उनी कहिले हिट, त कहिले फ्लप फिल्मको साक्षी समेत हुन् । तर पनि अभिनय करियरको रफ्तार भने एकै खालको छ ।
‘नाइँ नभन्नू ल ४’ बाट फिल्म डेब्यु गरेकी आँचलको अभिनयमा ७ वर्ष बितिसकेको छ । अभिनय यात्राको यो समयमा उनले थुप्रै फिल्म अभिनय गरेकी छन्, भने चर्चा अनेक भएका छन् । पछिल्लो समय उनी ‘दुखी आत्मा’, ‘राजमहल’ र ‘पिताम्बर’ अभिनय तरखरमा छिन् ।
आँचल फेसनको मामलामा अगाडि मानिएकी छन् । उनले गर्ने फेसन सधैँ चर्चाको विषय बन्ने गरेको छ । प्रत्येक साता उनी नयाँ फेसनका साथ नयाँ बिचार सार्वजनिक गर्छिन् ।
मंगलबार पनि उनले सामाजिक सजालमा केही नयाँ तस्बिर शेयर गर्दै एक बिचार शेयर गरेकी छन् । तस्बिरमा उनलाई हट एण्ड बोल्ड देख्न सकिन्छ । बिचार भने उनले स्वास्थ्य टिप्स दिएकी छन् । भनेकी छन्, ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्’ । उनले यो पोस्टलाई थुप्रैले प्रतिक्रिया जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?