शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिराहामा काठसहित गाडी नियन्त्रणमा

बुधबार, १७ माघ २०८०, १२ : ३४
बुधबार, १७ माघ २०८०

सिराहा । सिराहा सब डिभिजन वन कार्यालय बन्दीपुरले एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरान काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

सब डिभिजन वन कार्यालय बन्दीपुरको गस्ती टोलीले कर्जन्हा नगरपालिका १ बल्टीबाट ज १ च १५७३ नम्बरको गाडीमा काठ अपलोड गरी बन्दीपुरतर्फ ल्याउँदै गरेको अवस्थामा चालकलाई नियन्त्रणमा लिएको हो । काठसहित गाडी बरामद गरिएको  डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्मद आबिद हुसेन नेतृत्वको वन कर्मचारीको टोलीले गाडी, चालक र काठ नियन्त्रणमा लिएको हो । बरामद काठ र गाडी डिभिजन वन कार्यालय लहानलाई बुझाएको वन अधिकृत हुसेनले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । बन्दिपुर क्षेत्रबाट अवैध रूपमा धनुषा र सिराहाका विभिन्न क्षेत्रमा सखुवाका चिरानबाट बनेका सामागी्हरु जाने गरेको स्थानीय  दिपक महतोले जानकारी दिए । उनले भने, ‘यहाँ तस्करी गरेर सिराहा र धनुषाका विभिन्न ठाउँमा काठ पुर्‍याउने गरिएको छ ।’ डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाकाअनुसार काठ लोड गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिएको र कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप