हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङको अभिनय रहेको ‘भूठान’को छायाङ्कन सकियो
काठमाडौँ । विनोद पौडेल निर्देशित फिल्म ‘भूठान’: द वर्ल्ड ह्यापियस्ट म्यानको छायाङ्कन सकिएको छ । मंगलबार अमेरिकाको ओहियो राज्यमा फिल्म ‘प्याकअप’ गरिएको हो । छायाङ्कन सकिएसँगै निर्माण टिमले उपलब्ध गराएको तस्बिरहरूमा हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईको एकसाथ छायाङ्कन भएको देखिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोसाकमा छन् ।
फिल्ममा दयहाङ र ब्रुसको अलावा हरिवंश आचार्य, पूजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, जोयश पाण्डे, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यका साथै भारतबाट अनुराधा मजुमदारको पनि अभिनय छ ।
फिल्मको कार्यकारी निर्मातामा कौशिला खनाल कर्माचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् भने निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।
‘भूठान’ हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर निर्माण भएको निर्देशक पौडेल बताउँछन् । उनले फिल्मको कथा पनि विश्वले आत्मसाथ गर्ने भएको जानकारी दिए ।
फिल्मको निर्माणमा म्याड मंकी फिल्मस्, हलिउडको भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कम्पनीले सहकार्य गरेका छन् । २०२४ को अन्त्यसम्म प्रदर्शनको लक्ष्य राखिएको यो फिल्म सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको थियो । सुसन प्रजापतिले खिचेको फिल्म नेपाली तथा अंग्रेजी भाषामा निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण