‘द्रोपदी’ बनाउँदै ऋषिराज
काठमाडौँ । २ वर्ष अगाडि फिल्म ‘चुरीफुरी’ प्रदर्शनमा ल्याएका निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म घोषणा गरेका छन् । उनले बाउन लागेको नयाँ फिल्मको नाम ‘द्रोपदी’ हो । फिल्मको अहिले लेखन तथा कलाकार सेलेक्सन भइरहेको निर्देशक आचार्यले जानकारी दिए ।
फिल्मका लागि कलाकार छनौट गर्न उनले यही माघ २० गते अडिसन राखेका छन् । मुख्य अभिनेता÷अभिनेत्रीसहित १० जना कलाकारका लागि अडिसन हुन लागेको हो । फिल्मको कथा र चरित्रअनुसार अडिसनबाट कलाकार छनोट गर्न लागिएको निर्देशक आचार्यले सुनाए ।
शीर्षकले फिल्म ‘महाभारत’को द्रौपदी पात्रसँग मिले पनि देशको यथार्थपरक कथामा फिल्म बन्न लागेको आचार्यले बताए । कर्णाली प्रदेशको विभिन्न दुर्गम हिमाली क्षेत्रमा छायाङ्कन गर्न लागिएको फिल्म महिला प्रधान हुने जनाइएको छ ।
आर.बी मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको पटकथा लेखन छ । अहिले चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को सदस्य रहेका आचार्यले ‘मिस्टेक’, ‘सुन्तलालाई भगाई लग्यो झिल्केले’, ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘चुरीफुरी’ गरेर ५ फिल्म निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण