ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को फस्टलुक
बिहीबार, १८ माघ २०८०, १० : ३२
काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरेको हो ।
फस्टलुकमा सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएका ब्रहमान्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ । हरिहर अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यो फिल्म आगामी वर्ष २०८१ को असोज ११ गते रिलिज हुँदै छ ।
यो फिल्ममा बलिउड फिल्म ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ । फिल्ममा नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेतको पनि अभिनय छ ।
यो फिल्मको छायाङ्कन नेपाल र भारतमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण