मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अनमोलको फिल्म ‘फर्की फर्की’ को प्रदर्शन मिति हेरफेर

बिहीबार, १८ माघ २०८०, ११ : ०४
बिहीबार, १८ माघ २०८०

काठमाडौंँ । रोहित अधिकारीको निर्माण रहेको फिल्म ‘फर्की फर्की’ को प्रदर्शन मिति हेरफेर भएको छ । फिल्मको प्रदर्शन मिति आगामी जेठ ११ बताइए पनि बुद्ध जयन्तीको अवसर पारेर एकदिन अगाडि अर्थात जेठ १० गते रिलिज हुने भएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

सूयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहनेछ । फिल्म अहिले छायांकनको अन्तिम चरणमा छ ।

केही दिनमै फिल्मको छायांकन सकिने निर्माता अधिकारीले बताए । प्रेमकथामा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ । फिल्मका सहनिर्माता मनोज ओली र रामु न्यौपाने हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप