अनमोलको फिल्म ‘फर्की फर्की’ को प्रदर्शन मिति हेरफेर
बिहीबार, १८ माघ २०८०, ११ : ०४
काठमाडौंँ । रोहित अधिकारीको निर्माण रहेको फिल्म ‘फर्की फर्की’ को प्रदर्शन मिति हेरफेर भएको छ । फिल्मको प्रदर्शन मिति आगामी जेठ ११ बताइए पनि बुद्ध जयन्तीको अवसर पारेर एकदिन अगाडि अर्थात जेठ १० गते रिलिज हुने भएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।
सूयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहनेछ । फिल्म अहिले छायांकनको अन्तिम चरणमा छ ।
केही दिनमै फिल्मको छायांकन सकिने निर्माता अधिकारीले बताए । प्रेमकथामा निर्माण भएको फिल्ममा नरेन्द्र मैनालीको छायांकन छ । फिल्मका सहनिर्माता मनोज ओली र रामु न्यौपाने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण