दिल्लीमा के गर्दैछन् नेपाली सांसदहरू ?
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरू यतिखेर भारत भ्रमणमा छन् । भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा प्रतिनिधि सभाका आठ जना सांसदहरू माघ १६ गते भारतको दिल्ली पुगेका हुन् ।
भारत पुगेसँगै सांसदहरू उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त छन् । उनीहरूले बुधबार भारतस्थित नेपाली राजदूत शंकर शर्मासँग भेटघाट गरेका थिए भने हिजो नै उनीहरूले लोकसभाको नयाँ भवनको अवलोकन गरेका थिए । त्यसपछि लोकसभाका सभाध्यक्ष ओम बिरलालगायत अन्य भारतीय सांसद तथा वरिष्ठ अधिकारीहरूसँग छलफल भएको थियो । सो छलफलमा संसद् सञ्चालन, विधि प्रक्रिया तथा दुई देश बिचको सम्बन्धको बारेमा कुराकानी भएको थियो ।
त्यसपछि टोलीले लोकसभाका विदेश मामिला समितिका सभापति पीपी चौधरीसँग भेटघाट गरेको थियो । सो छलफलमा समितिका अन्य सदस्यहरू सहभागी थिए । दुई देश बिचको अन्तर्राष्ट्रिय सम्बन्धलाई संसद्मार्फत कसरी बलियो बनाउने विषयमा छलफल भएको प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । दुईटै भेटघाट र छलफल फलदायी रहेको र यो भ्रमणले दुई देशको सम्बन्ध अझै बलियो हुने आफूले विश्वास लिएको उनको भनाई छ ।
‘भारतका सांसदहरू तथा विदेश समितिले कसरी काम गरिरहेका छन्, समितिमा कस्ता कस्ता एजेन्डामा छलफल हुन्छ, छलफलको प्रक्रिया के हो लगायतका विषयमा समितिका सभापति तथा सदस्यहरूबाट जानकारी पायौँ,’ उनले भने, ‘भारतीय लोकसभा सञ्चालनको अनुभव पनि जान्ने अवसर मिल्यो ।’

बिहीबार नेपाली सांसदहरूले दिल्लीका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नुको साथै पर्यटनसँग सम्बन्धित अधिकारीसँग अन्तरक्रिया गरेका छन् । आजै साँझ भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले नेपाली सांसदहरूका लागि रात्रिभोजको आयोजना गर्ने छिन् । सो रात्रिभोजमा उच्च पदस्थ अधिकारी, उद्योगपति, बुद्धिजीवी तथा सांसदहरूको उपस्थिति रहने बताइएको छ ।
भोलि विदेश मन्त्री एस.जयशंकरसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । तर अहिलेसम्म समय भने तय भइसकेको छैन । भोलि नै नेपाली सांसदहरू गोवा जाने कार्यक्रम रहेको बताइएको छ ।
भ्रमण दलमा सांसदहरू छिरिङ शेर्पा, योगेश गौचन, गंगाराम चौधरी, सुनिता बराल, शिशिर खनाल, सम्झना थपलिया, र हरिप्रसाद उप्रेती रहेका छन् भने समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम गरी दुई जना कर्मचारी पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण