आर्मी आहा राराको फाइनलमा
बिहीबार, १८ माघ २०८०, १७ : ३९
पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्ड कपको फाइनल प्रवेश गरेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेट १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।
थपिएको समयमा आर्मीले १ गोल थपेर जित सुनिश्चित गरेको छ । आर्मीका लागि ६१ औँ मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले पहिलो गोल गरेका थिए । ८५ औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गोल गरेर खेल बराबरीमा लगेका हुन् । दोस्रो गोल ९९ औँ मिनेटमा रासबहादुर मगरले थपे ।
योसँगै आर्मी पाँचौँ पटक फाइनल प्रवेश गरेको हो । यसअघि ४ पटक फाइनल पुगिसकेको आर्मीले उपाधि भने जितेको छैन । अब उपाधिका लागि शनिवार थ्रिस्टार र आर्मीबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण