नेताहरुलाई प्रेम सुवालको कटाक्ष : जितेपछि काठमाडौँ बस्छौँ, यहाँको विकासको आशा नगर्नु भन्नुस्

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आ—आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनकै बेला जितेपछि काठमाडौँ बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताए । उनले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने कटाक्ष गरे । उनले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताए ।
सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण