शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
बाँसबारी जग्गा प्रकरण

च्याम्पियन फुटवेयरमा सांसद चौधरीको २ सय कित्ता सेयर

बिहीबार, १८ माघ २०८०, २० : २९
बिहीबार, १८ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेर च्याम्पियन फुटवेयर मार्फत अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा ल्याइएको छ ।

चौधरी समूहको ३६ लाख लगानीमा सरकारसँगको साझेदारीमा स्थापना गरिएको ‘च्याम्पियन फुटवेयर’ मार्फत १० रोपनी जग्गा व्यापारी अरुण चौधरीले निजीकरण गरेको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

च्याम्पियन फुटवेयरमा तत्कालीन अवस्थामा विनोद चौधरीको पनि सेयर रहेको भेटिएको छ ।  चौधरीको नाममा २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।  तर हाल भने बिनोद चौधरीको नाममा सेयर नरहेको बताइएको छ । सांसद चौधरीका कान्छो भाइ हुन्, बिहीबार पक्राउ परेका अरुण चौधरी ।

सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ संचालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । २०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिको नाममा लगिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप