सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ अरबपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट दिए राजीनामा

शुक्रबार, १९ माघ २०८०, १५ : ४६
शुक्रबार, १९ माघ २०८०

बेइजिङ । चीनका चर्चित अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो लगानी कम्पनीबाट राजीनामा दिएका छन् । बाओले चाइना रेनेसा होल्डिङ्सको प्रमुख पदबाट राजीनामा दिएका हुन् । 

चाइना रेनेसा होल्डिङ्सले पनि यो खबरको पुष्टि गरेको छ । बाओले ‘स्वास्थ्य र पारिवारिक कारण’ देखाउँदै प्रमुख कार्यकारी अधिकारी र अध्यक्षको पदबाट हट्ने बताएको कम्पनीको भनाई छ । राजीनामा शुक्रबार देखि नै लागू भएको बताइएको छ ।

चाइना रेनेसा होल्डिङ्स बाओ फ्यानले स्थापना गरेको कम्पनी हो । यो कम्पनीले मुख्यतः लगानी बैंकिङको कारोबार गर्ने गरेको छ । गत वर्ष फेब्रुअरीमा बाओ अचानक ‘बेपत्ता’ भएका थिए । त्यसयता उनी सार्वजनिक स्थल वा कार्यक्रमहरुमा देखिएका थिएनन् । उनको अत्तोपत्तो थिएन । उनी ठिक्क त्यही बेला गायब भए जति बेला चीन सरकारले वित्तीय सेवा कम्पनीहरूविरुद्ध घूसखोरीको आरोपमा अनुसन्धान सुरु गर्‍यो । सरकारले गरेको यो कारबाहीमा चीनका धेरै व्यापारीहरु मुछिएका थिए ।

बाओ बेपत्ता भएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुमा समेत एकपछि अर्को गर्दै समाचार आउन थालेपछि चाइना रेनेसा होल्डिङ्सले एउटा विज्ञप्ति जारी गर्दै बाओले सरकारी अधिकारीलाई अनुसन्धानमा सहयोग गरिरहेको । 

चीनको वित्तीय प्रविधि क्षेत्र फष्टाउनुमा बाओको पनि ठूलो भूमिका खेलेको मानिन्छ । आफ्नो लामो बैंकिङ करियरमा बाओले मोर्गन स्ट्यान्ली र क्रेडिट सुसी जस्ता बैंकहरुमा काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप