युवतीले प्रहरीको गस्ती कारमा जीपीएस जोडेपछि...

बेइजिङ । चीनमा एउटा ट्रक कम्पनीको मालिकले प्रहरीको कारहरुमा जीपीएस ट्र्याङकिङ डिभाइस जडान गरेको खुलासा भएको छ ।
प्रहरीले आफ्नो कम्पनीको ट्रकहरु नसमातुन् भनेर हुबेई प्रान्तको सियाङयाङ बस्ने ती महिलाले प्रहरीको गाडीमा जीपीएस ट्र्याङकिङ डिभाइस राखेकी थिइन् । आफ्नो अपराध स्वीकार गरिसकेकी ती महिलालाई केही दिनको कारबास र केही सय युआन जरिवाना तिराइएको छ ।
सियाङयाङको सडक सवारी नियम अनुपालना गराउने बिग्रेडले गस्तीमा प्रयोग गर्ने कारको नियमित चेकजाँच गर्दा च्यासिसमा रहस्यमय कालो बाकस टाँसेको देखे । थप निरीक्षणको क्रममा बाकसभित्र जीपीएस ट्र्याकिङ उपकरण भेटियो । बिग्रडको ११ ओटा कारमध्ये ६ ओटामा त्यस्ता उपकरण फेला परेको थियो ।
ट्र्याङ्किङ डिभाइससँग आबद्ध सिम खोज्ने क्रममा अधिकारीहरु आरोपीसम्म पुगे । आरोपी झु नाम गरेकी स्थानीय महिला थिइन् । आफूले प्रहरीको आवागमनमाथि निगरानी गर्न उक्त उपकरण राखेको झुले स्वीकार गरेकी छिन् ।
झुले आफ्नो कम्पनीका ट्रक चालकहरुलाई प्रहरीले नसमातुन् र जरिवाना नतिराउन भनेर सो कार्य गरेकी थिइन् । सियाङयाङ स्टेशनमा राति प्रहरीका गाडीहरु पार्कमा राखेको समयमा गएको वर्ष जुनमा उनले आफैँ ट्र्याकिङ डिभाइस जडान गरेकी थिइन् । गएको महिनाको अन्त्यसम्म पनि उनले फोनमा रहेको एपमार्फत प्रहरीका गाडीमाथि निगरानी गरेकी थिइन् ।
प्रहरी आसपास भएको बेलामा झु आफैँले चालकहरुलाई अलर्ट गर्थिन् । पश्चिमी देशहरुमा यो गम्भीर अपराध हो । तर झु सस्तो मै छुटिन् । उनले ८ दिनको कारबास र ५०० युआन जरिवाना मात्रै तिर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते