युवतीले प्रहरीको गस्ती कारमा जीपीएस जोडेपछि...
बेइजिङ । चीनमा एउटा ट्रक कम्पनीको मालिकले प्रहरीको कारहरुमा जीपीएस ट्र्याङकिङ डिभाइस जडान गरेको खुलासा भएको छ ।
प्रहरीले आफ्नो कम्पनीको ट्रकहरु नसमातुन् भनेर हुबेई प्रान्तको सियाङयाङ बस्ने ती महिलाले प्रहरीको गाडीमा जीपीएस ट्र्याङकिङ डिभाइस राखेकी थिइन् । आफ्नो अपराध स्वीकार गरिसकेकी ती महिलालाई केही दिनको कारबास र केही सय युआन जरिवाना तिराइएको छ ।
सियाङयाङको सडक सवारी नियम अनुपालना गराउने बिग्रेडले गस्तीमा प्रयोग गर्ने कारको नियमित चेकजाँच गर्दा च्यासिसमा रहस्यमय कालो बाकस टाँसेको देखे । थप निरीक्षणको क्रममा बाकसभित्र जीपीएस ट्र्याकिङ उपकरण भेटियो । बिग्रडको ११ ओटा कारमध्ये ६ ओटामा त्यस्ता उपकरण फेला परेको थियो ।
ट्र्याङ्किङ डिभाइससँग आबद्ध सिम खोज्ने क्रममा अधिकारीहरु आरोपीसम्म पुगे । आरोपी झु नाम गरेकी स्थानीय महिला थिइन् । आफूले प्रहरीको आवागमनमाथि निगरानी गर्न उक्त उपकरण राखेको झुले स्वीकार गरेकी छिन् ।
झुले आफ्नो कम्पनीका ट्रक चालकहरुलाई प्रहरीले नसमातुन् र जरिवाना नतिराउन भनेर सो कार्य गरेकी थिइन् । सियाङयाङ स्टेशनमा राति प्रहरीका गाडीहरु पार्कमा राखेको समयमा गएको वर्ष जुनमा उनले आफैँ ट्र्याकिङ डिभाइस जडान गरेकी थिइन् । गएको महिनाको अन्त्यसम्म पनि उनले फोनमा रहेको एपमार्फत प्रहरीका गाडीमाथि निगरानी गरेकी थिइन् ।
प्रहरी आसपास भएको बेलामा झु आफैँले चालकहरुलाई अलर्ट गर्थिन् । पश्चिमी देशहरुमा यो गम्भीर अपराध हो । तर झु सस्तो मै छुटिन् । उनले ८ दिनको कारबास र ५०० युआन जरिवाना मात्रै तिर्नुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण