सर्तहरू लागू हुनेछन्
बाले स्कुल लानुभो
भर्ना गरिदिनुभो
मेरो पढाइ राम्रो होस्
मेरो भविष्य राम्रो होस्
तर स्कुलले भनिदियो
सर्तहरू लागू हुनेछन्
स्कुल कलेज सबै सकियो
जागिरको लागि दरखास्त हालियो
प्रतिस्पर्धा गरियो
नाम निकालियो
नियुक्ति पत्र दिने बेला भनियो
सर्तहरू लागू हुनेछन्
बिरामी भएर अस्पताल धाइयो
कैले यता कैले उता
निको हुने आशामा भौँतारियो
भर्ना भएर बसियो
अस्पतालमा धरौटी समेत राखियो
अनि भनियो
सर्तहरू लागू हुनेछन्
आफैले भोट हालियो
चुनाव प्रचारमा निकै खटियो
नेताजीलाई जिताउन कुनै कसर बाँकी राखिएन
नेताजी जितेर गए
एक दिन समस्या परेर भेट्न गयौँ
पालो आएन र पालो आएपछि भनियो
सर्तहरू लागू हुनेछन्
जीवनका ऊर्जावान् समय
कहिले यता गरियो
कहिले उता गरियो
टक्क सङ्ग दरिलो गरि टेक्न कतै पाइएन
तर पनि
एक यस्ता भगवान्
जति नै हन्डर खाएपनी
बाबु आमाले कैले भनेनन्
सर्तहरू लागू हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण