यशस्वी जैसवालको शानदार दोहोरो शतक
विशाखापट्टनम । ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालको शानदार दोहोरो शतकको मद्दतमा भारतले विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा ३९६ रन बनाएको छ ।
जैसवालले सर्वाधिक २०९ रन बनाए । यो उनको करियरको पहिलो दोहोरो शतक हो । जैसवालले आफ्नो २ सय ७७ बलमा १८ चौका र ७ छक्का प्रहार गर्दै २०० रन पुरा गरे । उनले लगातार दुई बलमा पहिलो छक्का र चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए।
तर, दोहोरो शतक प्रहार गरेलगत्तै उनी २९० बलमा २०९ रन बनाएर आउट भए । छैटौँ टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो। आफ्नो छोटो करियरमा जैसवालले अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाएका छन् ।
हिजोको अविजित १७९ रनबाट शनिबार जैसवालले आफ्नो पारी विस्तार गरेका थिए । उनीसँगै आर अश्विन खेलिरहेका थिए । तर उनी २० रन बनाएर आउट भए ।
आज कुलदीप यादवले ८ र बुमराहले ६ रनको योगदान दिए । इंग्ल्यान्डका लागि एन्डरसन, शोएब बशीर र रेहान अहमदले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण