एमालेले सरकार बदल्न छलफल गरिरहेको छ: ज्ञवाली
पोखरा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार परिवर्तनको समय आएको बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारले जनतामा निराशा मात्रै थपेकोले यो सरकारको विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् । सरकार बदल्नका लागि एमालेले विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि ज्ञवालीले जानकारी दिए ।
‘अब सरकार बदल्नु अपरिहार्य छ । तर बदल्ने बाटो भनेको संसद् भित्रको अंकगणित नै हो । एमालेले चाहेर मात्रै सरकार बदलिने अवस्था छैन, हामी अंकगणितमा पछाडि छौँ । हाम्रो संसद्को अंकगणित परेसान गर्ने खालको छ,’ उनले भने, ‘हामीले विभिन्न दलहरूलाई अपिल गरिरहेका छौँ । देशको यस्तो स्थितिमा पनि दुख्दैन भने लज्जास्पद भयो । अर्थतन्त्र बिग्रेको बनाउन सकिएला, तर देश बन्दैन भन्ने जुन भाष्य बनेको छ, देश छोड्ने अवस्था बनेको छ उनीहरूलाई फर्काउन गाह्रो पर्छ । यो अवस्थाप्रति जिम्मेवार बनौँ भनेर आग्रह गरेका छौँ ।’
एजेन्डा मिल्ने दलहरूसँग सहकार्य गरेर जाने उनले बताए । ‘देशको समस्याबारे जुन दल जिम्मेवार हुन्छ हामी एजेण्डाबेस सहकार्यको पक्षमा छौँ । यत्तिकै एकथान सरकार फेरेर नयाँ सरकार बनाउँदैमा कुनै अर्थ हुँदैन । मुलुकका समस्याको समाधान गर्ने विकल्प सहित लाग्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले एजेण्डाहरु पठाएका छौँ, एजेन्डा मागेका छौँ ।’
उनले कांग्रेस र माओवादीबिच अव भिन्नता नरहेको तर्क पनि गरे । ‘कांग्रेसको माओवादीकरण भएको हो कि माओवादीको कांग्रेसकरण भएको हो भन्ने छुट्टाउनै गाह्रो छ,’ अघि भने, ‘शेरबहादुर देउवाको अनुहार हेर्दा प्रचण्ड प्रचण्ड जस्तो देखिनुहुन्छ । प्रचण्डको अनुहार हेर्दा शेरबहादुर शेरबहादुर जस्तो देखिनुहुन्छ । यति सारो मिल्ती हुने रहेछ । ५२ सालमा मिलेको भए १७ हजार मान्छेको ज्यान जाने थिएन ।’
उनले वर्तमान नेतृत्वले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकोप्रति कटाक्ष गरे । ‘सुन तस्करी खोज्दै गयो महराको नाम आउँछ, भरिया समातेर अरूले उन्मुक्ति पाउँछन् । ललिता निवास खोज्दै गयो, बाबुराम र माधव नेपालको ढोकामा पुगेपछि रोकिन्छ,’ उनी भन्छन्, ‘अहिले बाँसबारी जग्गाको प्रकरण आएको छ, छुटाउन राजनीतिक दलहरूले दबाब दिइरहेका छन् । भ्रष्टाचार विपक्षीलाई तर्साउने साधन जस्तो भएको छ । भ्रष्टाचारीको पार्टी हुँदैन, विचार, रङ्ग, जात हुँदैन । यसरी गए पो निष्कर्षमा पुगिन्छ ।’ अदालतको परमादेश मार्फत एमालेलाई सरकारबाट हटाएपछि देश ओरालो लागेको ज्ञवालीको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण