मेक्सिकोको पुएब्ला राज्यबाट दुई हजार पाँच सय आप्रवासीको उद्धार
मेक्सिको सिटी । मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ ।
इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विज्ञप्ति जारी गर्दै सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँआप्रवासीको उद्धार गरिएको जनाएको छ ।”
ती आप्रवासीहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ३६ वटा देशबाट आएका थिए । “सहायता प्राप्त गर्ने व्यक्तिमा ३०६ महिला र ९८९ वयस्क पुरुषहरू छन् । उनीहरू एक्लै यात्रा गरिरहेका थिए, र २९२ परिवारको समूहमा एक हजार २०५ जना र एक किशोरी रहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले मानव बेचबिखनको सम्भावित अपराधका लागि अनुसन्धान सुरु गरेको छ । यसैबीच मानव बेचबिखनको सम्भावित अपराधका लागि पाँच जना मेक्सिकोका नागरिकलाई अपराधमा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण