माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
शनिबार, २० माघ २०८०, १३ : ५९
तनहुँ। विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा तनहुँमा एक जना युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.०६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।
शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए । माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई तत्काल उपचारको लागी जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा तनहुँ ल्याइएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उपचारको क्रममा डाक्टरद्वारा उनलाई मृत घोषणा गरेका थिए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खाँणको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण