बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतले संसदीय भूमिकालाई प्रभावकारी बनाउने

आइतबार, २१ माघ २०८०, १५ : ३७
आइतबार, २१ माघ २०८०

काठमाडौँ । सत्तारुढ दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा संसदमा प्रभावकारी भूमिका खेल्ने बारेमा छलफल भएको छ ।  

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट सुरु हुने संसद् अधिवेशनमा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल भएको हो । 

बैठकबारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले बैठकमा पार्टीका संगठन र वडा अधिवेशनको बारेमा छलफल भइरहेको बताए । उनले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले गठबन्धनको सहमति तोड्दा आफूहरु सरकारबाट निस्किनुपरेको बताए । उनकाअनुसार गठबन्धनमा सुरुको एक वर्ष जनता समाजवादी पार्टीले सरकार सञ्चालन गर्ने त्यसपछि जनमत र जनमतपछि नेपाली कांग्रेसले सरकार चलाउने सहमति भएपनि कार्यान्वयन नभएपछि सरकारबाट बाहिरिएको बताए ।

उनले भने,‘ भोलिदेखि हुने हिउँदे अधिवेशनको बारेमा संसदमा प्रभावकारी भूमिका कसरी जनमत पार्टीले देखाउने भन्नेबारेमा पनि छलफल भएको छ । समसामयिक राजनीतिक घटनाक्रमकै बारेमा हो । मधेस प्रदेशबाट सरकारबाट हामी जुन बाहिरिएका छौँ, त्यहाँ सरकार नेतृत्व परिवर्तनको जुन कुरा छ, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ ।’ 

प्रवक्ता यादवले अन्य मन्त्रालयको तुलनामा संघीय सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलै राम्रो काम गरेको दाबी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप