अधिवेशनमा कुटाकुट भएपछि अध्यक्ष ओलीले एमाले नेतालाई बोलाए काठमाडौँ
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कमिटी धादिङको अधिवेशनमा भएको विवाद समाधान गर्न प्रदेश इन्चार्ज, अध्यक्ष तथा जिल्ला अध्यक्षसहितका नेताहरुलाई काठमाडौँ बोलाएका छन् । अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौँ बोलाएपछि सोमबार बिहान ८ बजेसम्म प्रतिनिधिहरुलाई अधिवेशनस्थलमै बस्न भनेर नेताहरु काठमाडौँ हिँडेका छन् ।
अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बरालसहित प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा, एमाले बागमति प्रदेशका सचिव नवराज सिलवाल, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुलाई काठमाडौँ बोलाएका हुन् ।
खासगरी एमाले धादिङमा हालका अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बागमती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारीबिच अध्यक्ष को हुने भन्नेमा कुरा नमिल्दा विवाद बढेको एमाले धादिङका कार्यकर्ताहरु बताउँछन् ।
सोही कारण प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहानै अधिवेशन स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । लगत्तै जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अर्को विज्ञप्ति जारी गरेर अधिवेशनको बन्दसत्र जारी भएको बताएका थिए ।

अधिवेशन मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले आफूलगायतका सरोकारवाला नेताहरु समस्या समाधानका निम्ती शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौँ हिँडेको बताए ।
‘शीर्ष नेताहरुसँग बसेर समस्या समाधान गरौंै भनेर हामी काठमाडाँै आउँदै छौँ । भोलि बिहान ८ अधिवेशन सुरु हुनेगरी प्रतिनिधिहरुलाई भनेका छौ’, देवकोटाले रातोपाटीसँग भने,‘ शीर्ष नेताको सुझावका आधारमा समस्या समाधान गर्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण