ह्याक भएको त्रिविको वेबसाइट अझै बनेन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको ह्याक भएको वेबसाइट अझै बन्न सकेको छैन । ह्याक भएको ६ दिन बितिसक्दा पनि वेबसाइट सञ्चालनमा आउन नसकेको हो ।
परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट कक्षा १२ मा पढ्ने एक विद्यार्थीले ह्याक गरेका थिए । उनले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए । तर, पनिकाले अझै पनि उक्त वेबसाइट बनाउन सकेको छैन ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका आईटी प्रमुख दीपकबहादुर शाहीले वेबसाइट भोलीसम्ममा सञ्चालनमा आउने बताए । सुरक्षासहितको वेबसाइट बनाउन लागिएको र त्यसका लागि डेभलपरहरूले काम गरिरहेको उनको भनाइ छ ।
‘पहिला सुविधा मात्र थियो । अब सुविधासँगै सुरक्षा समेत राखेर वेबसाइट बनाउन लागिएको छ । यसमा आईटीको टिमले काम गरिरहेको छ । सम्भव: आज साझसम्म्म सञ्चालनमा आउँछ । आज भ्याइएन भने भोलीबाट हुन्छ’ प्रमुख शाहीले भने ।
पनिकाले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह थालेको थियो । शैक्षिक प्रमाणपत्र लगायतका पनिकाले दिने सेवाहरू अनलाइन मार्फत थालेको थियो । तर, अनलाइन मार्फत थालेको दोस्रो दिन नै कक्षा १२ मा पढ्दै गरेका विद्यार्थीले ह्याक गरेर आफ्नो फेसबुक लिंक गराएका थिए । त्यसको भोलिपल्ट माघ १६ गते पनिकाले वेबसाइट बन्द गरेर साइटलाई बनाउन थालेको हो । तर, अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।
योबिचमा पनिकाले एमएको नतिजा सार्वजनिक गरेको थियो । तर, विद्यार्थीहरूले त्यो नतिजा हेर्न पाएका छैनन् । भने पनिकाले सार्वजनिक गर्ने अन्य सूचना समेत वेबसाइट मार्फत सार्वजनिक गर्न पाएको छैन ।
आवश्यक गोपनीयता तथा सुरक्षाको ख्याल नगरी नै त्रिविले वेबसाइट सञ्चालनमा ल्याउँदा यस्तो समस्या देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण