शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दोस्रो एक दिवसीयमा पनि अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो

आइतबार, २१ माघ २०८०, १७ : ४४
आइतबार, २१ माघ २०८०

काठमाडौँ । अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई ८३ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा २–० को अग्रता हासिल गरेको छ ।

सिड्नीमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले नौ विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने ४३.३ ओभरमा अलआउट हुनुअघि एक सय ७५ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि सिन एबटले ६९ रनको योगदान गरे । म्याथ्यू सर्टले पनि ४१ रन बनाए । एरोन हार्डी २६ रनमा आउट भए । क्यामरुन ग्रिनले ३३ रन जोडे । मार्नस लाम्बुसेनले २६ रन बटुले । क्यारेबियन टोलीका बलर गुडाकेश मोटीले तीन विकेट लिए ।

जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केसी कार्टीले सर्वाधिक ४० रन बनाए । साई होप २९ रनमा आउट भए । रोस्टन चेज २५ रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाका बलर जोस हेजलउड र सिन एबोटले तीन–तीन विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप