दोस्रो एक दिवसीयमा पनि अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो
काठमाडौँ । अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई ८३ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा २–० को अग्रता हासिल गरेको छ ।
सिड्नीमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले नौ विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने ४३.३ ओभरमा अलआउट हुनुअघि एक सय ७५ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि सिन एबटले ६९ रनको योगदान गरे । म्याथ्यू सर्टले पनि ४१ रन बनाए । एरोन हार्डी २६ रनमा आउट भए । क्यामरुन ग्रिनले ३३ रन जोडे । मार्नस लाम्बुसेनले २६ रन बटुले । क्यारेबियन टोलीका बलर गुडाकेश मोटीले तीन विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केसी कार्टीले सर्वाधिक ४० रन बनाए । साई होप २९ रनमा आउट भए । रोस्टन चेज २५ रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाका बलर जोस हेजलउड र सिन एबोटले तीन–तीन विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण