प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उपक्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गतेदेखि २१ गतेसम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।
‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईँले विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘दुईवटा कम्पनीको मर्जर पश्चात् बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप ऊर्जा, जोस, उत्साह प्रदान गर्ने छ ।’
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासामाथि समेत प्रष्ट पारे।
प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय वृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारे । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका)बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुति रहेको थियो ।
कम्पनीका सहायक महाप्रबन्धक नमश सिंह देउजाले स्वागत मन्तव्य दिएका थिए भने सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै उल्लासपूर्ण रुपमा कार्यक्रम सम्पन्न भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण