दलितसँग बिहे गरेको भन्दै पितृ कार्यमा पुरेत नगएको विषयमा मिलापत्र
काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा दलितसँग बिहे गरेको भन्दै पुरेत नआएपछि पितृ कार्य (श्राद्ध) रोकिएको घटनामा मिलापत्र भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा आइतबार दुवै पक्षबिच छलफलपछि मिलापत्र गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख भोगेन्द्रपुरुष ढकालले उक्त घटनामा जातीय विभेद नदेखिएको र आन्तरिक विवादमात्र रहेको बताए । शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । ढकालका अनुसार तर, उक्त दिन पीडित पक्षका कोही पनि उपस्थित नभएपछि आइतबारका लागि छलफलमा आउन दुवै पक्षलाई भनिएको थियो ।
सो घटनामा काम लगाउने र काम गर्ने बिचको सामान्य विवादमात्र देखिएको उनको भनाइ छ । काम गर्न बोलाउने र काम गरिदिने दुवैले आ–आफ्नो अनुकूल गर्ने भएकाले उक्त घटना सोही अवस्थाको रहेको उनले बताए ।
आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा पीडित भनिएका भुम्लु–२, सिमथलीका धर्मध्वज भण्डारी र पुरेत माधवराज न्यौपानेबिच सहमति भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले दुवै पक्षबिच सौहार्द्रपूर्वक छलफल भएर सहमति गरिएको बताए ।
उक्त घटनामा पुरेत न्यौपानेले जातीय विभेद नगरेको र उक्त दिन आफूले नभ्याएर श्राद्ध गर्न नआएको बताएपछि पीडित पक्ष सहमतिमा आएको प्रवक्ता श्रेष्ठले बताए । पुरेत न्यौपानेले रोकिएको श्राद्ध पुनः जुराएर गरिदिने र पीडित भण्डारीले प्रहरी समक्ष दिएको निवेदन फिर्ता गर्ने सहमति बनेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
गत माघ ११ गते भण्डारीका बुबाको श्रद्धामा पुरेत नआएपछि रोकिएको थियो । दलित महिलासँग विवाह गरेकै कारण पुरेतले श्राद्ध गर्न नमानेको र नआएको भण्डारीको परिवारको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण