बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय सरकार नछाड्ने जनमतको निर्णय

आइतबार, २१ माघ २०८०, २० : ५९
आइतबार, २१ माघ २०८०

काठमाडौँ । जनमत पार्टी संघीय सरकार नछाड्ने निर्णय गरेको छ । आज बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

मधेस सरकार छाडेको जनमत पार्टी संघीय सरकार पनि छाड्ने चर्चा चलेपनि आज बसेको सचिवालयको बैठकले संघीय मन्त्रालयबाट मन्त्री नफर्काउने निर्णय गरेको छ । संघीय सरकारमा जनमत पार्टीको एक जना मन्त्री अनिता साह रहेका छन् ।

गत वैशाखमा बारा–२ मा भएको उपचुनावको समयमा खानेपानी मन्त्रीबाट अब्दुल खानले राजीनामा दिएका थिए । चुनाव सकिएपछि जनमत पार्टी पुनः सरकारमा गएको थियो तर अब्दुल खानको ठाउँमा अनिता साहलाई पठाइएको थियो । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि बैठकले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप