क्यान्सर बिरामीलाई वायुसेवा निगमको जहाजमा शतप्रतिशत छुट
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई हवाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिइरहेको छ । यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ ।
निगमको यस सेवा मार्फत गत वर्ष सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा उपभोग गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
यसै सन्दर्भमा आज ४ फेब्रुअरी, विश्व अर्वुदरोग दिवस (वर्ल्ड क्यान्सर डे) को सन्दर्भमा 'रोग लाग्नबाट बचौँ र बचाऔँ' भन्ने मूल नारासहित निगमले ऐक्यबद्धता जनाएको छ ।
लामो समयदेखि क्यान्सर बिरामीलाई दिँदै आएको सुविधा थप निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निगमले यस खालको सुविधाले बिरामी परिवारमा थोरै भए पनि राहत पुग्नेमा विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण