जनमत पार्टीको रुपन्देही इन्चार्जमा रामकेश गुप्ता मनोनीत
सोमबार, २२ माघ २०८०, १० : ०९
बुटवल । जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनीत भएका छन् । गुप्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जिल्ला इन्चार्जमा मनोनीत गरेको पत्र पठाएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-२ निवासी गुप्ता विगत १२ वर्षदेखि जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठुलो र शक्तिशाली पार्टीको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । यसअघि जनमत रुपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारी अर्जुनप्रसाद जयसवालले सम्हालिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण