बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीको रुपन्देही इन्चार्जमा रामकेश गुप्ता मनोनीत

सोमबार, २२ माघ २०८०, १० : ०९
सोमबार, २२ माघ २०८०

बुटवल । जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनीत भएका छन् । गुप्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जिल्ला इन्चार्जमा मनोनीत गरेको पत्र  पठाएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-२ निवासी गुप्ता विगत १२ वर्षदेखि जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने र जनमतलाई रुपन्देहीमा ठुलो र शक्तिशाली पार्टीको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । यसअघि जनमत रुपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारी अर्जुनप्रसाद जयसवालले सम्हालिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप