आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सितापुरमा झोलुङ्गे पुल निर्माण सुरु

सोमबार, २२ माघ २०८०, १४ : २९
सोमबार, २२ माघ २०८०

दाङ ।  दाङको बबई गाउँपालिका वडा नं.२ सितापुरमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले ४६ लाख बजेट विनियोजन गरेपछि सोही स्थानमा पुल निर्माण सुरु भएको हो ।

उक्त पुलको आइतबार अर्थमन्त्री मास्कीले शिलान्यास गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले समयमै पुल निर्माण पूरा गर्न निर्देशन दिए । सोही ठाउँमा आवतजावतमा निकै समस्या हुने गरेको भन्दै त्यो समस्या समाधानका लागि आफूले बजेट विनियोजन गरेर काम अघि बढाएको बताए ।  

वर्षामा नदी वारपार गर्न नसक्दा विद्यार्थीहरूसमेत पढाइबाट वञ्चित हुनुपर्ने अवस्था थियो । बिरामी पर्दा पनि वारपार गर्न सकिने अवस्था थिएन । पुल निर्माण भएपछि त्यो समस्या हल हुने मन्त्री मास्कीले बताए । 

घुरिनडाँडा–ठुलचौर जोड्ने गरी झोलुङ्गे पुल निर्माण सुरु भएको हो । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०/३५ जना विद्यार्थीहरू नियमित विद्यालय जाने गरेका छन् । पुल निर्माण  भएपछि आफूहरू खुसी भएको स्थानीय लीला विकले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप