नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार
नवलपरासी । पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेखि मर्मत हुन नसक्दा जीर्ण बनेका थिए । मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ ।
नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गर्न थालिएका हुन् । पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए ।
“जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ”, उनले भने । पश्चिम नवलपरासीमा सुस्तादेखी पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्म ४१ किलोमिटर लामो सीमा छ ।
सुस्ताको १४ किमि क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । अहिले साढे २७ किमि क्षेत्रफलमा रहेका १३ मुख्य र तीन सहायक गरी १६ स्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर