नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार
नवलपरासी । पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ । नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेखि मर्मत हुन नसक्दा जीर्ण बनेका थिए । मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ ।
नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गर्न थालिएका हुन् । पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए ।
“जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ”, उनले भने । पश्चिम नवलपरासीमा सुस्तादेखी पाल्हीनन्दन गाउँपालिकाको गेर्मीसम्म ४१ किलोमिटर लामो सीमा छ ।
सुस्ताको १४ किमि क्षेत्रफलले भारतको बिहार प्रदेशलाई छोएको छ । अहिले साढे २७ किमि क्षेत्रफलमा रहेका १३ मुख्य र तीन सहायक गरी १६ स्तम्भको मर्मत र रङरोगन कार्य सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण