शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत् विकास विभागको महानिर्देशकमा मण्डल, तीन उपसचिवको सहसचिवमा बढुवा

मङ्गलबार, २३ माघ २०८०, १४ : २४
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । विद्युत् विकास विभागको महानिर्देशकमा जिबछ मण्डल नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मण्डललाई उक्त जिम्मेवारी तोकिएको हो । 

यसअघि महानिर्देशक रहेका चिरञ्जीवी चटौतलाई मन्त्रालयमा सरुवा गरेको मन्त्रालयले जनाएको छ । २०५३ साल मंसिरमा विभागको इन्जिनियरबाट सरकारी सेवा प्रवेश गरेका मण्डल २०७१ माघमा सहसचिवमा बढुवा भएका थिए । विभागको जिम्मेवारीमा प्रवेश गर्नु पूर्व मण्डलले १ वर्ष जनकपुर चुरोट कारखानामा इलेक्ट्रिकल सेक्सन इन्चार्ज र पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस पोखरामा इलेक्ट्रिकल इन्जिनियरिङ विभाग अन्तर्गत उप–प्राध्यापकको रूपमा काम गरेका थिए । 

मन्त्रालयका अनुसार मण्डलले कोलम्बो प्लान अन्तर्गत अलिगड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र रुड्की विश्वविद्यालयबाट जलविद्युत् तथा व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् ।

मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको जिम्मेवारीका ३ उपसचिव (सिडिई) लाई सहसचिवमा बढुवा गरी जिम्मेवारी तोकेको छ । सहसचिवमा बढुवा हुनेमा मीनराज ढकाल, शंकरबहादुर थापा र राजेन्द्रप्रसाद शर्मा छन् । उनीहरूलाई क्रमशः प्राथमिकता प्राप्त आयोजना, कर्णाली बेसिन आयोजना र नौमुरे आयोजनाको प्रमुखको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप