आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु : चिनियाँ राजदूत
मङ्गलबार, २३ माघ २०८०, १५ : ५२
काठमाडौँ । नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबिच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरेका हुन् ।
यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण