मित्रमिलन सहकारी ठगी प्रकरणमा पिएन क्याम्पसका सहप्राध्यापक भण्डारी पक्राउ
मङ्गलबार, २३ माघ २०८०, १८ : ४२
पोखरा । पोखराको मित्रमिलन सहकारीका ठगी आरोपी विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । फरार भण्डारीलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
भण्डारी पीएन क्याम्पसका सह प्राध्यापक समेत हुन् । ‘उहाँलाई अदालतमा हाजिर गराइएको छ । अनुसन्धान र कारबाहीको किनारा अव अदालतले लगाउँछ,’ उनले भने । उनको अभियोजनमाथि बुधबारदेखि बयान हुनेछ ।
सहकारीको ठगी आरोपमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ३१ करोड रुपैयाँ ठगी भएको अनुसन्धानबाट देखिएको थियो । २५ जना अझै फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण