बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राक्सिराङमा प्रकोपका रूप लिएको भाइरल ज्वरो नियन्त्रण उन्मुख

मङ्गलबार, २३ माघ २०८०, १९ : ५०
मङ्गलबार, २३ माघ २०८०

मकवानपुर । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ मा प्रकोप रूपमा फैलिएको भाइरल ज्वरो नियन्त्रण उन्मुख रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार गत ४ दिनदेखि राक्सिराङ गाउँपालिका–९ को तर्लिङ आसपासको क्षेत्रमा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा रहेको हो ।

सूचना अधिकारी घिमिरेले डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीले भाइरल ज्वरो फैलिएको क्षेत्रमा उपचार सेवा प्रदान गरी अवस्था नियन्त्रणमा लिएको बताए । ‘भाइरल ज्वरोका बिरामी घट्दो क्रममा छन् । बिरामीको दर नियन्त्रणमा छ । ज्वरो फैलिएको जानकारी हुनासाथ पुगेको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले त्यहाँको अवस्था नियन्त्रणमा लिएको हो ।’ उनले भने ।

राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाका अनुसार ४ दिन अगाडी एकैपटक १०५ जनामा घाटी दुख्ने, ज्वरो आउने समस्या देखिएको थियो । १९ गते राती घटनाबारे जानकारी भएको र २० गते नै स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटाएर उपचार सेवा प्रदान गरेको उनले बताए । प्रमुख गर्तौलाका अनुसार अहिले स्थिति नियन्त्रणमा रहेको छ ।

नेवार र सीमान्तकृत चेपाङको बाहुल्य रहेको सो बस्तीमा भाइरल प्रकोपका कारण स्थानीय ६० वर्षीय टीकाबहादुर नगरकोटीको गत शुक्रबार मृत्यु भएको थियो  ।

घटनास्थल मनहरि बजारबाट करिब ३ घण्टाको दुरीमा रहेको छ । सडक यातायात पुगेको भए पनि भौगोलिक विकटताका कारण सो क्षेत्रमा आवतजावत गर्न समस्या हुँदै आएको छ । १९ गते १०५ जनामा भाइरल ज्वरोका सङ्क्रमण देखिएको सो क्षेत्रमा २० गते १७ जनामा सङ्क्रमण देखिएको प्रमुख गर्तौलाले बताए । हालसम्म सो क्षेत्रका करिब १३० जनामा सङ्क्रमण भएको उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप