एआईले बनाएका सबै ‘फेक’ तस्बिरमा लेबल लगाउँदै फेसबुक र इन्ष्टाग्राम
काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटाले कृत्रिम बौद्धिकता अर्थात् एआई टूलहरूको प्रयोग गरेर बनाइएको तस्बिरलाई चिनेर त्यस्ता तस्बिरमा लेबल राख्ने प्रविधि बनाइरहेको छ ।
यो प्रविधिलाई कम्पनीले फेसबुक, इन्ष्टाग्राम र थ्रेड्सको प्लेटफर्ममा प्रयोग गर्नेछ । आफ्नो प्रणालीबाट बनाएको एआई तस्बिरलाई मेटाले यसअघि नै लेबल लगाउन थालिसकेको थियो । नयाँ प्रविधि विकासको क्रममै रहेको बताइएको छ । यसले एआईको बिगबिगीलाई नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा कम्पनीको छ ।
तर यस्ता टूलहरुलाई सहजै टार्न सकिने एक जना एआई विज्ञले बीबीसीलाई भनेका छन् । यो टूलले च्याटजीपीटीले जेनरेट गरेको टेक्ष्टको परीक्षण गर्न असम्भव भएको मेरील्यान्ड विश्वविद्यालयमा रिलायेबल एआई ल्याबका निर्देशक प्राध्यापक शोहेल फेइजी भन्छन् ।
आफ्नो टूलले अडियो र भिडियोमा काम गर्न सक्दैन भन्ने कुरा मेटा आफैँले पनि स्वीकार गरेको छ । कम्पनीले प्रयोगकर्ताहरूलाई एआई प्रयोग गरेर बनाइएका अडियो भिडियोमा आफैँले लेबल लगाउन भनेको छ । यस्तो नगर्नेलाई कम्पनीले दण्डित गर्ने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण