पुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्राण्ड एम्बासडर अस्वीकृत
मुम्बई । भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ । युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो ।
यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको थियो । पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुटो कुरा पोस्ट गरेको थियो । यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए ।
मृत्युको खबर भाइरल भएको भोलिपल्ट अर्थात फेब्रुअरी ३ मा पुनमले एक भिडियो सन्देश जारी गर्दै आफू जीवित रहेको बताएकी थिइन् । उनले सर्वाइकल क्यान्सरका बारेमा आम मानिसमा जानकारी दिनका लागि आफ्नो टिमसँग मिलेर मृत्युको झुटो स्टन्ट गरेको उल्लेख गरेकी थिइन् ।
उनको यो हरकतले फ्यान र बलिउड कलाकारहरू निकै रिसाएका थिए र पुनममाथि रिस पनि पोखेका थिए । यो निर्णय उनका लागि प्रत्युत्पादक बन्दै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण