६ वर्षपछि डा.मशहूर गुलाटी र कपिलको मिलन
नयाँ दिल्ली । भारतका चर्चित कमेडियनद्वय सुनील ग्रोबर र कपिल शर्माको झगडा सकिएको छ । नेटफ्लिक्सका नयाँ शोमा दुवै साथमै देखिने भएका छन् ।
यसअघि दुबै कलाकार कपिल शर्मा शोमा सँगै काम गर्थे । शोमा सुनिलले डा.मशहूर गुलाटीको भूमिका निर्वाह गरेका थिए । तर विदेशमा एउटा कार्यक्रम सकेर भारत फर्किने क्रममा कपिलले रक्सीको सुरमा सुनीललाई गाली बेइजती गर्दै चप्पल हानेका थिए ।
आफूलाई सम्झाउन कोशिश गर्ने टिमका अन्य सहकर्मीलाई पनि उनले तथानाम भनेका थिए । यो घटनापछि सुनिलले कपिल शर्मा शो छाडे । ६ वर्षसम्म यी दुईबिच बोलचाल थिएन । तर अब भने दुबै कलाकार एउटा शोमा सँगै काम गर्दैछन् । कपिलले पुरानो स्टारकास्टको साथमा नेटफ्लिक्समा नयाँ शो लिएर आउँदैछन् ।
शोका अर्का कलाकार कमेडियन कृष्णा अभिषेकले कपिल र सुनिलको पुनःमिलन र नयाँ शोबारे कुराकानी गरेका थिए । नयाँ शोमा कपिल र सुनिललाई एकसाथ देख्दा रोचक हुने उनले बताएका थिए । ‘नयाँ शोका लागि हामी सबै सँगै आइसकेका छौं । सबैलाई साथ देखेर निकै रमाइलो भयो । सुनिलको पुनरागमनले म निकै खुसी छुँ’ ई–टाइम्ससँगको कुराकानीमा कृष्णाले भने ।
पुरानो स्टारकाष्टलाई साथमा देख्दा दर्शकलाई पनि रमाइलो लाग्ने उनले बताए । कपिलको पुरानो स्टारकाष्टले मनोरञ्जनमा नयाँ तड्का लगाउने अनि हाँस्दा हाँस्दा दर्शकहरुको पेट नै दुख्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण