इन्टर मियामी र मेस्सीमाथि खेलमा राजनीति मिसाउन खोजेको आरोप
काठमाडौँ । अमेरिकी फुटबल क्लब इन्टर मियामी हाल एसिया भ्रमणमा छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीसहितको इन्टर मियामीले एसिया भ्रमणका क्रममा विभिन्न राष्ट्रका टोलीसँग मैत्रीपूर्ण खेल पनि खेलिरहेको छ ।
तर, हङ्कङ भ्रमणका क्रममा भने मेस्सीले मैत्रीपूर्ण खेल खेलेनन् । ह्यामस्ट्रिङ समस्याका कारण उनी खेल अवधिभर बेञ्चमै बसेका थिए । त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने उनी केही समय मैदानमा ओर्लिएका थिए ।
हङ्कङपछि मेस्सीसहित इन्टर मियामी जापान पुगेको थियो । जापानमा खेलिएको मैत्रीपूर्ण खेलमा पनि मेस्सी केही समय मैदानमा ओर्लिएका थिए । यो विषयलाई लिएर अहिले चीनमा मेस्सी र इन्टर मियामीको व्यापक विरोध भइरहेको छ ।
चिनियाँ समर्थकहरुले इन्टर मियामी र मेस्सीमाथि खेलमा राजनीति मिसाएको आरोप लगाएका छन् । राजनीतिक कारणले नै मेस्सीले हङ्कङमा मैत्रीपूर्ण फुटबल नखेलेको आरोप चिनियाँ समथर्कहरुले लगाएका छन् ।
राज्य सञ्चालित मिडिया आउटलेट ग्लोबल टाइम्सले पनि मेस्सीले राजनीतिक कारणले नै हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको दाबी गरेको छ । हङ्कङमा मेस्सीको खेल हेर्न करिब ३८ हजार समर्थकले टिकट खरिद गरेका थिए । ३६ वर्षीय मेस्सीले नखेलेपछि ती समर्थकले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग पनि राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण