भीमकान्त भण्डारीसँग जाँचबुझ आयोगले लियो बयान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुनबारे जाँचबुझ गरिरहेको आयोगले भिमकान्त भण्डारीसँग बयान लिएको छ । बिहीबार सिंहदरबार स्थित कार्यालयमा भण्डारीलाई बयान गराइएको आयोगका एकजना पदाधिकारीले रातोपाटीलाई बताए ।
उनी बिध ल्यावका सञ्चालक हुन् । भण्डारी र सुन तस्करीमा पक्राउ गरिएका तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । बिहीबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगल पूर्व सभामुख कृष्णबहादुर महराको पनि बयान लिएको छ ।
त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा बसेर लामो समयदेखि अनुसन्धान गरेका डीएसपी रुगम कुँवरसँग आयोगले छलफल गरेको छ । संगठित तस्करीबारे कुँवरसँग ‘परामर्श’ गरिएको आयोगलका प्रमुख डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । आचार्यले भने– ‘आज दुईजनासँग बयान र सीआईबीका एकजना अधिकृतसँग परामर्श गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण