शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

भीमकान्त भण्डारीसँग जाँचबुझ आयोगले लियो बयान

बिहीबार, २५ माघ २०८०, २१ : ०९
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुनबारे जाँचबुझ गरिरहेको आयोगले भिमकान्त भण्डारीसँग बयान लिएको छ । बिहीबार सिंहदरबार स्थित कार्यालयमा भण्डारीलाई बयान गराइएको आयोगका एकजना पदाधिकारीले रातोपाटीलाई बताए । 

उनी बिध ल्यावका सञ्चालक हुन् । भण्डारी र सुन तस्करीमा पक्राउ गरिएका तिब्बतीयन मुलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ । बिहीबार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगल पूर्व सभामुख कृष्णबहादुर महराको पनि बयान लिएको छ । 

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा बसेर लामो समयदेखि अनुसन्धान गरेका डीएसपी रुगम कुँवरसँग आयोगले छलफल गरेको छ । संगठित तस्करीबारे कुँवरसँग ‘परामर्श’ गरिएको आयोगलका प्रमुख डिल्लीराज आचार्यले रातोपाटीलाई बताए । आचार्यले भने– ‘आज दुईजनासँग बयान र सीआईबीका एकजना अधिकृतसँग परामर्श गरेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप