खेलमा राजनीतिको छाया : आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन मानेनन्

काठमाडौँ । एक अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा आयरल्यान्को महिला बास्केटबल टोलीका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका छन् । रिगामा जारी युरो महिला बास्केटबलको छनोट खेलअघि आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका हुन् ।
आयरल्यान्डका खेलाडीको ब्यवहारबाट आफूहरु स्तब्धः भएको इजरायलका खेलाडीले जनाएका छन् । इजरायलका खेलाडीले आयरल्यान्डका खेलाडी यहुदी विरोधी भएको आरोप पनि लगाएका छन् ।
‘उनीहरुको ब्यवहारबाट हामी दुःखी छौँ । वास्तबमा आयरल्यान्डका खेलाडी यहुदी विरोधी हुन्,’ इजरायलकी खेलाडी डोर सारले भनेकी छन् । इजरायलका खेलाडीको टिप्पणी सार्वजनिक भएलगत्तै बास्केटबल आयरल्यान्डले पनि खरो जवाफ फर्काएको छ ।
बास्केटबल आयरल्यान्डले इजरायली खेलाडीको टिप्पणी ‘पूर्णरुपमा गलत र भड्काउने खालको’ भएको प्रतिक्रिया दिएको छ । आयरल्यान्डका खेलाडीहरु प्रतियोगिता सुरु हुनुअघि आयोजना गरिने पत्रकार सम्मेलनमा पनि उपस्थित भएनन् ।
आयरल्यान्डका खेलाडीहरु राष्ट्रिय गान बज्दा पनि कोर्टमा गएका थिएनन् । राष्ट्रिय गान बज्दा उनीहरु खेलाडीहरु बस्ने बेञ्चको छेउमा उभिएका थिए । उक्त छनोट खेलमा इजरायलले आयरल्यान्डलाई ८७–५७ अंकले हराएको थियो ।
इजरायलद्वारा गाजामा भइरहेको आक्रमणका कारण मानवअधिकारको ब्यापक हनन भएको भन्दै आयरल्यान्डका खेलाडीले इजरायलका खेलाडीसँग हात मिलाउन अस्वीकार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण
-
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
-
भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर चिरञ्जीवी नेपालको चेतावनी
-
कोहलीले बीसीसीसीआईलाई भने, ‘टेस्ट क्रिकेटबाट संन्यास लिन चाहन्छु’