४३ जिल्ला न्यायाधीशका लागि आयोगले माग गर्यो आवेदन
काठमाडौँ । रिक्त ४३ जिल्ला न्यायाधीश पदका लागि न्याय सेवा आयोगले विज्ञापन गरेको छ । शुक्रबार न्याय सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै ३० दिनभित्र आवेदन दिन माग गरेको हो ।
न्याय सेवा आयोगका अनुसार आन्तरिक खुलातर्फ २१ जना, खुलाबाट १२ जना, महिला कोटाबाट ४ जना, आदिवासी जनजातितर्फ २ जना, मधेशी समुदायबाट २ जना तथा दलित र अपाङ्ग कोटाबाट एक एक जना गरी कुल ४३ जनाको लागि आवेदन माग गरेको हो ।
आयोगले संविधानको धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिमबाट जिल्ला न्यायाधीश पदका लागि आवेदन माग गरेको हो । संविधानको धारा १४९ मा जिल्ला अदालतको न्यायाधीशको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ । धरा १४९ को उपधारा २ को खण्ड ख मा न्याय सेवाको उपरजिष्ट्रार पदमा कम्तीमा ३ वर्ष काम गरेकाहरुबाट आन्तरिक प्रतिष्पर्धा गरी कुल सिट सङ्ख्याको ४० प्रतिशत सिटमा आवेदन लिई पदपूर्ति गर्ने व्यवस्था छ ।
त्यसैगरी धारा १४९ को उपधारा २ को खण्ड ग मा कानुनमा स्नातक गरी निरन्तर ८ वर्षसम्म कानुन व्यवसाय गरेको, न्याय सेवाको अधिकृत पदमा कम्तीमा निरन्तर ८ वर्ष काम गरेको वा कानुन र न्यायको क्षेत्रमा कम्तीमा निरुनतर ८ वर्ष अध्यापन, अनुसन्धान आदि गरेकाहरुबाट खुला प्रतिष्पर्धाका आधारमा ४० प्रतिशत सिट पदपूर्ति गर्ने कानुनी व्यवस्था छ ।
यसअघिका जिल्ला न्यायाधीश पदका लागि भएको परीक्षामा सिट सङ्ख्याभन्दा निकै कम मात्रै उत्तीर्ण हुने गरेका छन् । यसअघिको परीक्षामा एकजना पनि कानुन व्यवसायी जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण