सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

४३ जिल्ला न्यायाधीशका लागि आयोगले माग गर्‍यो आवेदन

शुक्रबार, २६ माघ २०८०, ११ : ०५
शुक्रबार, २६ माघ २०८०

काठमाडौँ । रिक्त ४३ जिल्ला न्यायाधीश पदका लागि न्याय सेवा आयोगले विज्ञापन गरेको छ । शुक्रबार न्याय सेवा आयोगले विज्ञापन प्रकाशन गर्दै ३० दिनभित्र आवेदन दिन माग गरेको हो । 

न्याय सेवा आयोगका अनुसार आन्तरिक खुलातर्फ २१ जना, खुलाबाट १२ जना, महिला कोटाबाट ४ जना, आदिवासी जनजातितर्फ २ जना, मधेशी समुदायबाट २ जना तथा दलित र अपाङ्ग कोटाबाट एक एक जना गरी कुल ४३ जनाको लागि आवेदन माग गरेको हो । 

आयोगले संविधानको धारा १४९ को उपधारा २ को खण्ड ख र ग बमोजिमबाट जिल्ला न्यायाधीश पदका लागि आवेदन माग गरेको हो । संविधानको धारा १४९ मा जिल्ला अदालतको न्यायाधीशको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ । धरा १४९ को उपधारा २ को खण्ड ख मा न्याय सेवाको उपरजिष्ट्रार पदमा कम्तीमा ३ वर्ष काम गरेकाहरुबाट आन्तरिक प्रतिष्पर्धा गरी कुल सिट सङ्ख्याको ४० प्रतिशत सिटमा आवेदन लिई पदपूर्ति गर्ने व्यवस्था छ । 

त्यसैगरी धारा १४९ को उपधारा २ को खण्ड ग मा कानुनमा स्नातक गरी निरन्तर ८ वर्षसम्म कानुन व्यवसाय गरेको, न्याय सेवाको अधिकृत पदमा कम्तीमा निरन्तर ८ वर्ष काम गरेको वा कानुन र न्यायको क्षेत्रमा कम्तीमा निरुनतर ८ वर्ष अध्यापन, अनुसन्धान आदि गरेकाहरुबाट खुला प्रतिष्पर्धाका आधारमा ४० प्रतिशत सिट पदपूर्ति गर्ने कानुनी व्यवस्था छ । 

यसअघिका जिल्ला न्यायाधीश पदका लागि भएको परीक्षामा सिट सङ्ख्याभन्दा निकै कम मात्रै उत्तीर्ण हुने गरेका छन् । यसअघिको परीक्षामा एकजना पनि कानुन व्यवसायी जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएका छैनन् ।

nya-seba

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप