‘दयारानी’ प्रिमियर : माओत्सेको कामलाई कसले के भन्यो ?
काठमाडौँ । गुरुङ फिल्ममा अभिनयसँगै निर्देशनमा अनुभव सँगालिसकेका अभिनेता तथा निर्देशक माओत्से गुरुङमा नेपाली ‘डेब्यू’ निर्देशकीय फिल्म ‘दयारानी’को बिहीबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा केही उत्साहित र डर देखिन्थ्यो । गुरुङ भेषभुषामा सजिएका युवतीहरूसँग नृत्य गरिरहँदा उनी केही समय खुसी देखिन्थे त केही समयमा हतारोमा देखिन्थे ।
जसो प्रिमियर अघिको कार्यक्रम सुरुभयो, उनले आफ्नो मनका कुरा राखे । ‘जानेर फिल्म बनाएको होइन, दाइहरूको सिको गर्दै अभिनय गरेँ, फिल्म बनाएँ’, माओत्से भन्दै थिए, ‘मेरो फिल्म चले चल्छ, नचले के गर्ने । सबै दर्शकको हातमा छ ।’
फिल्मकी नायिका दिया पुनले आफूहरूले राम्रो कथा दर्शकलाई दिएकाले दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् ।
कसले के भने ?
फिल्म हेर्न पुगेका पूर्वस्वास्थ्यमन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले आफूले फिल्म मन परेको बताए । ‘नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा फिल्मले बाहिर ल्याउने कोसिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छ’, निर्देशक गुरुङसँग विद्यार्थीकालीन समयदेखि परिचित गिरीले भने ।
निर्देशक तथा वितरक अशोक शर्माले दर्शकलाई माओत्सेले एउटा राम्रो फिल्म दिएको दाबी गरे । अभिनेता खगेन्द्र लामिछानेले फिल्मले सामाजिक पक्षलाई रमाइलो किसिमले बोलेको बताए ।
निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले फिल्मको टिजर र ट्रेलरले वाचा गरे अनुरुपको फिल्म बनेको बताइन् । आमासहित फिल्म हेर्न पुगेकी अभिनेत्री प्रियङ्का कार्कीले ‘कासी’को भूमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय मन परेको भन्दै प्रशंसा गरिन् । फिल्म आजबाट नेपालभर रिलिज भएको छ ।फिल्ममा दयाहाङ राई, दिया पुन, विजय बराल, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण