आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अमर नेम्बाङ स्मृतिबाट तुम्खेवा र बाँस्कोटा पुरस्कृत

शुक्रबार, २६ माघ २०८०, १५ : ३९
शुक्रबार, २६ माघ २०८०

पाँचथर । अमर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् । अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा शुक्रबार पाँचथरको फिदिममा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् । उनीहरुलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो । 

अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बेला २०७५ साल माघ २६ गते निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप