अन्तिम तीन टेस्टका लागि भारतीय टोलीको घोषणा, कोहली नखेल्ने
नयाँ दिल्ली । बीसीसीआईले इंग्ल्याण्ड विरुद्धको अन्तिम तीन टेस्टका लागि १७ सदस्यीय भारतीय टोलीको घोषणा गरेको छ । यो टोलीमा विराट कोहली रहने छैनन् । बीसीसीआईका अनुसार विराट कोहली व्यक्तिगत कारणले उपस्थित नहुने भएका छन् ।
यसबाहेक रविन्द्र जडेजा र केएल राहुललाई मेडिकल टिमबाट फिटनेस क्लियरेन्सपछि मात्रै समावेश गरिनेछ । आकाशदीपले टोलीमा मौका पाएका छन् ।
बीसीसीआईका अनुसार टोलीमा रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वि जैसवाल, शुभमन गिल, केएल राहुल*, रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल (विकेटकिपर), केएस भरत (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा*, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार, आकाशदीप समावेश गरिएका छन् ।
तेस्रो टेस्ट फेब्रुअरी १५ बाट गुजरातको राजकोटमा सुरु हुनेछ भने चौथो टेस्ट फेब्रुअरी २३ मा राँचीमा र पाँचौँ र अन्तिम टेस्ट मार्च ७ मा हिमाचलको धर्मशालामा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण