अन्तिम तीन टेस्टका लागि भारतीय टोलीको घोषणा, कोहली नखेल्ने

नयाँ दिल्ली । बीसीसीआईले इंग्ल्याण्ड विरुद्धको अन्तिम तीन टेस्टका लागि १७ सदस्यीय भारतीय टोलीको घोषणा गरेको छ । यो टोलीमा विराट कोहली रहने छैनन् । बीसीसीआईका अनुसार विराट कोहली व्यक्तिगत कारणले उपस्थित नहुने भएका छन् ।
यसबाहेक रविन्द्र जडेजा र केएल राहुललाई मेडिकल टिमबाट फिटनेस क्लियरेन्सपछि मात्रै समावेश गरिनेछ । आकाशदीपले टोलीमा मौका पाएका छन् ।
बीसीसीआईका अनुसार टोलीमा रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वि जैसवाल, शुभमन गिल, केएल राहुल*, रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल (विकेटकिपर), केएस भरत (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा*, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार, आकाशदीप समावेश गरिएका छन् ।
तेस्रो टेस्ट फेब्रुअरी १५ बाट गुजरातको राजकोटमा सुरु हुनेछ भने चौथो टेस्ट फेब्रुअरी २३ मा राँचीमा र पाँचौँ र अन्तिम टेस्ट मार्च ७ मा हिमाचलको धर्मशालामा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने