सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा
मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम ल्होछारले बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताएका छन् । तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तामाङ समुदायले मनाउँदै गरेकोे मौलिक सांस्कृतिक पर्व २८६०औँ डुक ल्हो (सोनाम ल्होछार)ले आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने बताएका छन् ।
प्रदेश प्रमुख शर्माले यस पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सन्देशमा भनेका छन्, “विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एकपटक शुभकामना व्यक्त गर्दछु ।”
तामाङ समुदायले नयाँ वर्षका रुपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको उल्लेख गर्दै उनले हाम्रा सबै मौलिक पर्व राष्ट्रिय चाड भएको बताएका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त समाजमा तामाङ समुदाय पनि एक महत्वपूर्ण अङ्ग भएको उनले उल्लेख गरेका छन् ।
“तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रीतिरिवाज तथा परम्पराको सम्वद्र्धन एवं संरक्षण गर्न महत्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु”, प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण