१ सय २४ किलो गाँजासहित दुई जना टेम्पो चालक पक्राउ
शनिबार, २७ माघ २०८०, १७ : ३८
सुनसरी । धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका-११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शेर्मा रहेका छन् ।
मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १-०२-००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को.१ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिषेकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण